०३ असोज २०८३ , शनिबार

विश्वकप फुटबल : दुबै खेलमा किपर नायक, रुस र क्रोएसिया क्वाटरफाइनलमा भिड्ने पक्का

असार १८, काठमाडौँ । आइतबार राती भएको खेलमा रुस र क्रोएसियाका दुबै गोलकिपरले पेनाल्टी सुटलाई बचाएपछि क्वाटरफाइनलमा भेट पक्का गरेका छन् ।

 

अघिल्लो खेलमा रुसले सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४–३ ले हराउँदा गोलकिपर अकिनफिभले स्पेनका दुई वटा पेनाल्टी प्रहार रोके । निर्धारित समय र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा उनले स्पेनका कोके र र इयागो आसपासको पेनाल्टी असफल पारिदिएका हुन् । आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर उत्कृष्ट बचाउ गरे ।

 

रसियाका लागि स्मोलोभ, इग्नासोभिक चेरिसेभ र गोलोभिनले गोल गरे। स्पेनका इनेष्टा, पिके र रामोसले मात्र गोल गरे ।

 

उता क्रोएसियाले क्वाटरफाइलमा रुससँग भेट पक्का गर्न गोलकिपर ड्यानिएल सुबासिसले ३ पेनाल्टी रोके । डेनमार्क ३–२ ले पराजित भएर घर फर्किएको छ ।

 

रुस र स्पेनको खेलझैँ निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा क्रोएसियाका किपर नायक बने । उनले डेनमार्कका क्रिस्टियन एरिक्सकन, लास सोएन र निकोलाई जोरगेनसनका पेनाल्टी रोके ।

 

क्रोएसियाका लागि आन्द्रे क्रामारिक, कप्तान लुका मोडरिक र इभान राकिटिकले गोल गरे । क्रोएसियाका मिलान बालेज र जोसिप पिभारिकको पेनाल्टी डेनिस किपरले रोकेका थिए ।

 

डेनमार्ककका लागि सिमोन केजार र माइकल क्रोहनले मात्र गोल गरे ।

 

दुबै टिम अब अन्तिम ८ मा भिड्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *