२० जेठ २०८३ , बुधबार

गर्मीमा आँखाको हेरचाह यसरी गर्नुहोस्

असार २३, काठमाडौँ । चिकित्सहरूका अनुसार विश्व तापमानमा आएको वृद्धि, तीव्र अव्यवस्थित सहरीकरण, वायुमण्डलमा बढ्दै गएको प्रदूषण तथा बढ्दो फोहोरका कारण गर्मी मौसममा विभिन्न किसिमका सङ्क्रमणहरू हुन सक्छन् ।

 

उक्त सङ्क्रमणलाई बेवास्ता गरे आँखाको दृष्टि पनि गुम्न सक्ने खतरा चिकित्सकले औँल्याएका छन् । गर्मी मौसममा आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या हुन सक्छन् । यी समस्या लाग्न नदिन र लागेमा त्यसबाट बच्न चिकित्सकले केही उपायहरू सुझाएका छन् :

 

– कचेरा आएमा आँखालाई हातले नछुने,
– आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने,
– आँखामा जथाभावी औषधि नराख्ने,
– आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल लगायत सफा र नरम वस्तुले आँखा पुछ्ने, (जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ)
– गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने,
– आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने,
– आँखा सुक्खा भएमा चिकित्सकले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने,
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने,
–आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने,
– आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *