२० जेठ २०८३ , बुधबार

विश्वकप फुटबल : आधा शताब्दीपछि ब्राजिलमाथि बेल्जियमको जित, सेमिफाइनलमा फ्रान्ससँग भिड्ने

असार २३, काठमाडौँ । शुक्रबार राती भएको दोस्रो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वविजेता ब्राजिललाई ५५ वर्षपछि २–१ ले पराजित गर्दै बेल्जियम रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

 

खेलको १३ औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमको लागि ३१औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे ।

 

दुई गोलले पछि परेसँगे दबाबमा रहेको ब्राजिलको लागि दोस्रो हाफमा वैकल्पिक खेलाडी रेनाटो अगस्टोले ७६ औँ मिनेटमा एक गोल फर्काए । तर पनि ब्राजिललाई विश्वकपमा टिकिराख्न पर्याप्त भएन ।

 

बेल्जियम सन् १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

 

अब सेमिफाइनलमा बेल्जियमले फ्रान्ससँग भिड्नेछ ।

 

यसअघि फ्रान्सले उरुग्वेलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *