२० जेठ २०८३ , बुधबार

प्रदेशको नाम र राजधानीमा अन्योलता र विवाद

असार २६, काठमाडौँ । आजको नयाँ पत्रिका दैनिकमा प्रदेशको नाम र राजधानीमा अन्योल र विवाद देखिएको समाचार छापिएको छ ।

 

प्रदेशसभाको वैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि दुई वटा प्रदेश बाहेक अन्यले नाम र राजधानी सम्बन्धमा औपचारिक छलफल समेत गरेका छैनन् ।

 

अहिलेसम्म प्रदेश १ मा छलफलसमेत भएको छैन ।

 

 

प्रदेश २ मा भने नाम र राजधानीबारे सत्तारुढ र विपक्षी दलहरुबीचको विवादका कारण यो विषयले प्रवेश नै पाएको छैन । सत्तारुढ संघीय समाजवादी फोरम र राजपा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन् । तर काग्रेस र नेकपाले भने ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ वा ‘जानकी’ राख्नुपर्ने बताउँदै आएका छन् ।

 

यस्तै प्रदेश ३ मा भने नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विवाद चर्को छ । अहिलेको राजधानी हेटौंडा अपायक भएको भन्दै नुवाकोट, काभ्रे, भक्तपुर र चितवनका सांसदले प्रदेश सभामा प्रस्ताव नै दर्ता गराएका छन् ।

 

 

प्रदेश ५ मा नामभन्दा राजधानीको मुद्दा पेचिलो देखिएको छ भने प्रदेश ७ मा यो विषयले प्रवेश नै नपाएको समाचारमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *