२० बैशाख २०८३ , आइतबार

मन्त्रीको राजिनापछि बेलायतमा राजनीतिक संकट

असार २६, लन्डन । प्रधानमन्त्री थेरेसा मे नेतृत्व सरकार संकटमा परेको छ । २४ घण्टाभित्र तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि सरकार संकटमा परेको हो ।

 

ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका हुन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् ।

 

ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषदमा मतभेद चुलिएको छ । ब्रिटेन युरोपेली संघबाट अलग हुने दिन नजिकिइरहेको बेला प्रधानमन्त्री थेरेसा मेलाई राजनीतिक दबाव बढेको छ ।

 

यही बेला ब्रेक्जिटको क्याम्पेनलाई नजिकबाट नियाल्दै आएका र मन्त्रिपरिषदमा दोस्रो बरियतामा रहेका विदेशमन्त्री बोरिस जोनसनको समेत राजीनामाले प्रधानमन्त्री थेरेसा मेलाई झट्का लागेको टिप्पणी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *