०३ बैशाख २०८३ , बिहिबार

ब्वाँसो औषधीको स्रोत, थाहा पाउनुहोस् यसका बारे अन्य यस्ता रोचक कुराहरू

असार २९, काठमाडौँ । ब्वाँसो शब्द सुन्ने बित्तिकै जनमानसको दिमागमा खतरा अर्थात् डर पैदा हुन्छ । बलियोले निर्धोलाई सिध्याउने, खाने, चिथोर्ने आदि दिमागमा सङ्केत यो शब्दले गराउँछ । अन्टार्टिका र दक्षिण अमेरिका बाहेक विश्वका धेरै देशहरुमा पाइने कुकुर जातको जंगली जनावर ब्वाँसोका बारे त्यति मात्र हैन अन्य थुप्रै रोचक कुराहरू छन्, जुन तपाईँलाई थाहा नहुन सक्छ ।

 

ब्वाँसोसँग सम्बन्धित केही रोचक अन्धविश्वासहरु
नेपालमा
१) ब्वाँसोलाई शैतानको प्रतिक मानिन्छ,
२) गाईवस्तुलाई हपार्न ब्वाँसोको नाम प्रयोग गरिन्छ,
३) ब्वाँसोलाई हावा पनि भन्ने गरिएको छ,
४) ब्वाँसो मार्नेलाई पहिले माला अथवा खादा लाएर गाउँ डुलाउने तथा उपहार दिने चलन थियो ।

 

विश्वमा
१) ब्वाँसोलाई राक्षसको सबैभन्दा मनपर्ने प्राणी,
२) ब्वाँसोले मान्छेलाई पहिले देख्यो भने मान्छेको बोली बन्द हुने विश्वास छ,
३) कुनै मान्छेले ब्वाँसोको नाम लिने बित्तिकै कम्तिमा एउटा ब्वाँसोसँग भेट हुने पनि विश्वास छ,
४) ब्वाँसोलाई भगवानले होइन राक्षसले उत्पत्ति गरेको पनि जनविश्वास छ,
५) ब्वाँसो कुनै समय गंगटा र स्रिम्पसँग डराँउदछन् भन्ने पनि विश्वास रहि आएको थियो,
६) छारे रोगीलाई ब्वाँसोको छालाले बेर्यो भने उनीहरुलाई केही नहुने विश्वास पनि छ । यसले रेबिस पनि निको पार्न सक्ने विश्वास गरिन्छ,
७) युरोपका केहि भागमा ब्वाँसोले झिँगा÷माखालाई घरमा बस्न दिँदैन भन्ने पनि विश्वास गरिन्छ,
८) एउटा फ्रान्सेली दन्त्यकथाका अनुसार ब्वाँसोको दाँतले बच्चाहरुको गिजामा घोट्यो भने बच्चाको दाँत दुखाइ सञ्चो हुने विश्वास छ,
९) ब्वाँसोको दाँत मानिसले घाँटीमा मालाको रुपमा लगाउँदा भूत–प्रेतले दुःख नदिने पनि फ्रान्समा विश्वास रहि आएको पाइएको छ,
१०) ब्वाँसोको मासु खानाले भूत प्रेत अघि नपर्ने पनि विश्वास छ,
११) सिरानी मुनी ब्वाँसोको टाउको राखेर सुत्नाले नराम्रा सपना नदेख्ने पनि विश्वास चलि आएको छ,
१२) एउटा ब्वाँसोको पुच्छर घरको ढोकामा झुण्ड्याउँदा त्यसले अरु ब्वाँसोहरु घरभित्र छिर्न नसक्ने विश्वास पनि थियो ।

 

ब्वाँसोको प्रयोगसम्बन्धी रोचक कुराहरू
१) यसको आलो रगत पियो अथवा जमेको रगतको सुप बनाएर पियो भने क्यान्सर पनि निको हुने विश्वास छ ।
२) यसको टाउकोमा पराल अथवा भुस भरेर पुजा गर्नको लागि राखिन्छ । यसो गर्दा भगवान खुशी हुन्छन् भन्ने विश्वास छ । यस्तो पुजा वर्षमा एकचोटि मात्र गरिन्छ ।
३) यसको रौँबाट बनेको पेटी कम्मरमा बाँध्दा न्यानो हुनाको साथै ढाड दुख्ने समस्या पनि घटाउने जनविश्वास छ ।
४) ब्वाँसोको रौँलाई हिउँ चितुवा, रातो भालु, घोडा, च्याङ्ग्रा तथा भेडाको रौँसँग मिलाएर घोडाको घाँटीमा बाँध्यो भने घरपालुवाहरु ब्वाँसो तथा अरु शिकारी जनावरहरुबाट बच्दछन् भन्ने विश्वास छ ।
५) हड्डी बाथ रोग निको पार्ने विश्वास गरिन्छ ।
६) यसको फोक्सो भुटेर अथवा सुप बनाएर खाए दम निको हुन्छ भन्ने गरिएको छ ।
७) ब्वाँसोको गिदी विभिन्न जडीबुटीसँग मिलाएर खायो भने मान्छेको बुद्धि बढ्दछ भन्ने विश्वास गरिन्छ ।
८) ब्वाँसोको नङ्ग्राको धुलोको लेप बनाएर घाउ तथा मुसामा लगाए घाउ निको हुने विश्वास गरिन्छ ।
९) मान्छेको शरिरको कुनै भागमा घाउ भएको छ अथवा अरु समस्या आएको छ भने ब्वाँसोको शरिरको त्यही भागको छालाको सानो टुक्राको धुलोको लेप लगाए पनि घाउ निको हुने विश्वास गरिन्छ ।
१०) ब्वाँसोको मासु पकाएर खाए ज्वरो तथा मलेरिया सञ्चो हुने विश्वास रहि आएको छ ।
११) यसको बोसो पनि बाथ रोगको उपचारमा काम लाग्ने विश्वास गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *