०५ चैत २०८२ , बिहिबार

संसद सचिवालयको आफ्नो भवन नहुँदा वार्षिक १५ करोड भाडा, आफ्नै भवन बनाउने घोषणामा मात्र सीमित

असार ३०, काठमाडौँ । सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो नभएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा गरेका थिए ।

 

सभामुख कृष्णबहादुर महराले पत्रकारहरुसँग कुरा गर्दै संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताए ।

 

‘केही समस्याहरु थिए तर अब कुरा मिलिसकेको छ’ महराले भने, ‘पुरानै ठाउँमा भवन बन्ने छ, केही समय अघि सेनाले सो ठाउँमा आफूलाई चाहिने भन्दै आएपनि भवन बनाउन सहमति दिएको छ ।’

 

नेपाल टेलिभिजन अगाडिको पुतली बगैंचामा भवन बनाउने सरकारको तयारी छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷२०७६ को वजेट भाषणमा वजेट छुट्याएको संसदलाई जानकारी दिए ।

 

संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले नयाँ बानेश्वरमा संसद् भवन भाडामा प्रयोग गरेबापत साउनबाट वार्षिक १५ करोड रुपैयाँ बुझाउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *