असार ३१, सुनसरी । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड रहेको छ । उक्त बहाव यो वर्षकै उच्च मानिएको छ ।
भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको कान्तिपुरमा समाचार छ ।
यसैबीच कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ । शनिबार २३ ढोकामात्र खुलाइएको थियो ।








