असार ३१, काठमाडौँ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न २० निजामति कर्मचारी त्यसतर्फ जाने भएका छन् ।
जापान र नेपालबीच उनीहरुको अध्ययनका लागि आवश्यक २७ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग सम्झौता भएको छ ।
सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र जापन सरकारका तर्फबाट राजदुत मासामिची साईगोको उपस्थितीमा सम्झौता भएको हो ।








