असार ३१, काठमाडौँ । परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोरकिशोरीमा यसको प्रयोग भने निकै कम पाइएको खबर कान्तिपुर दैनिकमा छ । जनचेतना कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरूमा यसको प्रयोग न्यून भएको हो ।

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पती लामो समयसम्म छुट्टिएर बस्दा उनीहरूबीच यौनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्यून देखिएको विशेषज्ञ बताउँछन् ।
परिवार स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार नेपालमा १५ देखि १९ वर्षका विवाहित किशोरीमध्ये १५ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् ।
विवाहित महिलामध्ये ५३ प्रतिशतले भने परिवार नियोजनका साधन अपनाइरहेका छन् । विशेष गरी प्रदेश ४ र ५ मा यसको प्रयोग अत्यन्तै न्यून रहेको छ । दुवै प्रदेशमा ३८ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गरेको पाईको समाचारमा उल्लेख छ ।








