०५ चैत २०८२ , बिहिबार

दुई सातादेखि फोहर नउठ्दा राजधानीवासी सकसमा

असार ३२, काठमाडौँ । उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ ।

 

वर्षाका कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 

उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।

 

फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।

 

सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फाहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *