२० जेठ २०८३ , बुधबार

सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश दुबाट पक्राउ, नेपाल ल्याउने तयारी

असार ३२, काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् ।

 

नेपाल समाचारपत्र दैनिकमा छापिएको समाचार भनिएको छ— नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो ।

 

उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।

 

उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *