०३ बैशाख २०८३ , बिहिबार

स्व. रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’

असार ३२, काठमाडौँ । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक विशेष समारोहमा डा. केदारभक्त माथेमाले पुस्तकको लोकार्पण गरेका हुन् ।

 

पुस्तक लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरू पुस्तक भन्दा यो पुस्तक भिन्न भएको बताए । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौनबारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उनले बताए ।

 

समारोहमा समीक्षात्मक मन्त्व्य राख्दै साहित्यकार डाक्टर राम दयाल राकेशले ‘प्रतिकात्मक प्रश्न’ले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ‘मोदी आईन’ सँग नजिक रहेको उनले धारणा राखे । ‘रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई ‘प्रतिकात्मक प्रश्न’ले उत्तर दिएको छ’ उनले भने ।

 

जोशीको एक वर्ष अघि असार २९ गते ९२ बर्षको उमेरमा निधन भएको थियो । सोही तिथिमा उनको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *