साउन १, काठमाडौँ । नयाँ युगमा लिम्बू जातिले सबै क्षेत्रमा टिक्न सक्ने क्षमताको विकास गरेर मात्र परिवारमा सहकाल भित्र्याउन सक्ने संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बताइन् । किरात याक्थुङ चुम्लुङ एवम् लिम्बु जन्य संघ संस्थाहहरूले आयोजना गरेको सिसेक्पा तङनाम (अनिकालबाट बचेको दिनमा मनाइने पर्व) को शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएकी हुन् ।

‘अहिलेको प्रतिस्पर्धात्मक युगमा हामीले हरेक क्षेत्रमा टिक्न सक्ने क्षमताको विकास गरेर मात्रै हामीले हाम्रो परिवारमा सहकाल भित्र्याउन सक्छौँ’, उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘सबै क्षेत्रमा टिक्न सक्ने क्षमताको विकास लिम्बू समुदायले गर्न सकेन भने हामी हाम्रो संस्कारलाई बचाइराख्न सक्दैनौँ ।’
लिम्बू समुदायले प्रत्येक वर्ष मनाउँदै आएको सिसेक्पा तङनाम कार्यक्रममा धाननाच, हाक्पारे लगायतका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुति समेत गरिएको थियो ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=2r7XtMS_vDM&feature=youtu.be








