साउन २, वासिङटन । फिनल्याण्डको हेलसिन्किमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत सोमबार भएको भेटका क्रममा चुनावी हस्तक्षेपको बचाउ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले २४ घण्टा पनि नपुग्दै आफ्नो भनाई परिवर्तन गरेका छन् । राष्ट्रपति ट्रम्पले २ वर्षअघि भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायको निष्कर्ष स्वीकार गरेका हुन् ।

पुटिनसँगको भेटमा दिएका अभिव्यक्ति सम्वन्धमा स्पष्टिकरण दिन ट्रम्पलाई अमेरिकी नेता, उनकै साझेदार लगायत मित्र राष्ट्रहरुले समेत चर्को दवाव दिएपछि ट्रम्पले आफ्ना शब्दको गलत व्याख्या भएको स्पष्टिकरण दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीमाथि आफ्नो पूर्ण विश्वास रहेको समेत बताए ।








