साउन ४, काठमाडौँ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगार्डमा रहेका नेपाली सेनाका एक जवान आफैले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन् ।
इश्वरी बक्स गुल्ममा कार्यरत २२ वर्षीय ध्रुब चन्दले बिहीबार बिहान करिब ११ बजे आफैले गोली चलाउँदा घाइते भएका हुन् ।
आफैले चलाएको गोलीले उनको चिउँडो, मुख, ओठ र नाकमा गम्भीर चोट लागेको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डक्टर अनुप मँगल समालले जानकारी दिए ।
सेनाका अनुसार तत्काल जिल्ला अस्पतालमा उपचारका लागि लगेको र थप उपचारको लागि हेलिकप्टरबाट काडमाडौँ लगिएको छ ।








