साउन ४, काठमाडौँ । सामाजिक सञ्जालमा सम्प्रेषण हुँदै आइरहेको झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ ।
फेसबुकलगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानवअधिकारकर्मीले लगाएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ ।
सामाजिक सञ्जालबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको छ ।








