साउन ४, काठमाडौँ । गलत नियतले महिलामाथि ‘कर्के नजर’ लगाउनु कानुनी रुपमा अपराध हो भन्ने कुरामा कतिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।
गोरखापत्र दैनिकमा छापिएको समाचारमा भनिएको छ— सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, जिस्क्याउने, संवेदनशील अङ्ग छुन खोज्ने लगायतका व्यवहारलाई प्रचलित कानुनले यौनजन्य दुव्र्यवहारका रूपमा परिभाषित गरेको छ ।
नेपालको संविधानले महिला सुरक्षालाई ध्यान दिएको स्पष्ट गर्दै अधिवक्ता विक्रमबहादुर कुँवर भन्छन्, ‘महिलामैत्री कानुनले पुस्तौँदेखिको पितृसतात्मक सोच र समाजको अन्त्य गरिदिएको छ ।’
आफूमाथि भएको अन्याय लुकाएर र सहेर बस्नुहुन्न, कानुनी उपचार खोज्दा न्याय पाइन्छ भन्ने कुरामा महिलाहरू विश्वस्त हुँदै गएको समेत अधिवक्ता कुवँरले बताए । उनले भने, ‘गलत नियत राखेर महिलालाई हेर्दा कानुन लाग्छ, हिंसाका घटना अब लुकाएर लुक्ने अबस्था छैन ।’








