साउन ६, काठमाडौँ । अब भारतमा नेपाली नम्बर प्लेटका गाडीले निर्बाध प्रवेश पाउने भएका छन् ।
नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिबहन तथा राजमार्ग मनत्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवगमन गर्न अनुमति दिन सहमत भएको समाचार कान्तिपुर दैनिकमा छ ।








