साउन ८, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको साउन १० गते बिहीबार संसदीय सुनुवाइ सुनुवाइ हुने भएको छ । समितिको सोमबारको बैठकले जोशीमाथि प्राप्त उजुरी सार्वजनिक गर्दै सुनुवाइको मिति तोकेको समाचार गोरखापत्र दैनिकमा छ ।
समितिका ज्येष्ठ सदस्य एवं सभापति लक्ष्मणलाल कर्णले प्राप्त उजुरीको अध्ययनको चरण सुरु भएको बताए । कर्णले भने, ‘हामीले उजुरी खोलेका छौँ । भोलि उजुरीकर्तासँग छलफल गर्छौँ । साउन १० गते प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाएका छौँ ।’
यस्तै प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध समितिमा पाँचवटा उजुरी परेका छन् । अधिकांश उजुरी फैसला तथा आदेशसँग सम्बन्धित छन् । एक उजुरीकर्ताले सरकारी तथा गुठीको जग्गा व्यक्तिका नाममा आदेश गर्ने इजलासमा समेत संलग्न भएकाकाले महाभियोग लाग्नुपर्ने व्यक्तिलाई प्रधानन्यायाधीश नबनाउन माग गरेका छन् ।








