साउन ८, काठमाडौँ । शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका ६ वर्षीय बालक सुदीप बस्नेतको ज्यान गएको छ । झन्डै डेढ महिनाअघि चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलका शिक्षकले युकेजीमा अध्ययनरत उनलाई कुटपिट गरेका थिए ।

सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ज्यान गएको समाचार आजको राजधानी दैकिमा छ ।
दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दावा के शेर्पाले गत २९ जेठमा सुदीपलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।
कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो ।








