साउन १०, रसुवा । अविरल वर्षाका कारण रसुवामा पहिरोले प्रहरी पोस्ट र होटल पुर्दा १२ जना घाइते भएका छन् भने १० जना सम्पर्क विहीन छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राती खसेको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।
घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेकाले यकिन विवरण आइनसकेको उनले बताए । ‘घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेर खोजी तथा उद्धार कार्य गरिरहेका छौं’, प्रजिअ पौडेलले भने, ‘विस्तृत विवरण आउन अझै केही समय लाग्छ ।’








