०३ बैशाख २०८३ , बिहिबार

पाकिस्तानको आमनिर्वाचनमा पूर्व क्रिकेटरको छक्का, सत्तारोहणको बाटो खुल्यो

साउन ११, इस्लामाबाद । पाकिस्तानमा २ सय ७२ सांसद सिटका लागि बुधबार भएको आम निर्वाचनमा पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको पाटी पीटीआईले १ सय २० स्थानमा अग्रता कायम गरेको छ । यससँगै अध्यक्ष इमरानले निर्वाचनमा आफ्नो दल विजयी भएको दाबी गरेका छन् ।

 

मतगणनाको प्रारम्भिक परिणामपछि बोल्दै इमरानले आमनिर्वाचनमा आफूहरूले जनताबाट शासन गर्नका लागि विश्वास पाएको दाबी गरे । टेलिभिजन सन्देशमा उनले भने, ‘हामी सफल भएका छौं र हामीलाई मतादेश दिइएको छ ।’

 

तर खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सरकार गठनका लागि भने अन्य दलको सहयोग लिनुपर्ने भएको छ । पीटीआई संसद्का २ सय ७२ मध्ये १ सय २० स्थानमा अगाडि छ । सरकार गठनका लागि भने १ सय ३७ सिट आवश्यक पर्छ । यसअघि उनले पाकिस्तानको अर्थतन्त्र सुधार प्रमुख मुद्दा हुने बताएका थिए । पाकिस्तानले मुद्रास्फितीका कारण व्यापारघाटा बेहोर्दै आएको छ ।

 

पीटीआईका समर्थकले नतिजा सार्वजनिक हुनुअघि नै खुसियाली मनाउन थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले इस्लामाबादस्थित इमरानको निवास अगाडि खुसियाली मनाएको एएफपीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *