०५ चैत २०८२ , बिहिबार

लाभको पद लिने नेकपाका सदस्यको सम्पत्ति छानबिन गरिने

साउन ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कमिटी पदाधिकारी, सदस्य तथा पार्टीका तर्फबाट जनप्रतिनिधिमूलक संस्था एवं लाभको पदमा रहेर काम गर्ने सदस्यको सम्पत्ति छानबिन गर्नेे भएको छ ।

 

नेकपाले हालै पारित गरेको पार्टी विधानमा लाभको पद लिने सदस्यको नियुक्ति हुँदा, बहाल रहँदा र अवकाश पाउँदाको सम्पत्ति विवरण लिने र आवश्यकताअनुसार छानबिन, अद्यावधिक र सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

 

नेकपाले लिएको समृद्धि र सुशासनको लक्ष्य प्राप्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न विधानमै यस्तो व्यवस्था गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएको खबर नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *