०६ चैत २०८२ , शुक्रबार

शताव्दीकै लामो चन्द्रग्रहण आज, नांगो आँखाले हेर्दा के हुन्छ ?

साउन ११, काठमाडौँ । आज राती शताब्दीकै सबभन्दा लामो चन्द्रग्रहण लाग्ने वैज्ञानिकहरूले बताएका छन् ।

 

३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ । राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।

 

४ बजेर ४ मिनेटमा ग्रहण सकिने बताइएको छ । राति सवा १ बजेदेखि ३ बजेसम्म भने चन्द्रमा हल्का रातो रङको देखिनेछ । यसलाई ‘ब्लड मुन’ पनि भनिन्छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।

 

सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ ।

 

धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *