साउन १२, धादिङ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको छ ।
उक्त शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका उनका बाबु सरोज तामाङ खानीखोला प्रहरीको नियन्त्रणमा छन् ।
धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।








