साउन ११, काठमाडौँ । विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने समाचार अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ ।
अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास रहेको समाचारमा उल्लेख छ ।
अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी १ लाख ७ हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्ने लगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए । जुन सरकारको टाउको दुखाइको विषय बन्दै आइरहेको थियो ।
सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन सकेका थिएनन् । माग पूरा गराउन उनीहरुले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलत सञ्चालन गर्दा विद्यालयको पढाइ लथालिंग बनेको थियो ।








