०६ चैत २०८२ , शुक्रबार

सुक्रौलीमा फोहोरबाट ग्यास उत्पादन, सिलिन्डरको ९ सय

साउन ११, परासी । पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको समाचार कान्तिपुर दैनिकमा छ ।

 

उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्सा–भान्सामा ग्यास पुर्याउने लक्ष्य छ’, उनले भने, ‘यो सस्तो मात्र होइन वातावरणमैत्री पनि छ ।’

 

सञ्चालक अग्रवालका अनुसार दिनमा १ सय ५० सिलिन्डर ग्यास उत्पादन हुने गरेको छ । साथै यसको मूल्य प्रतिसिलिन्डर ९ सय रुपैयाँ मात्र छ ।

 

कुहिने वस्तु, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि यसका कच्चा पदार्थ हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *