०२ बैशाख २०८३ , बुधबार

आयल निगम कर्मचारी बोनस खातामा तीन अर्ब

साउन १२, काठमाडौँ । नेपाल आयल निगममा बोनस बाँड्न छुट्याएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको समाचार नागरिक दैनिकमा छ ।

 

सरकारले गत तीन आर्थिक बर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छाडेको छैन ।

 

निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक बर्ष ०७३÷७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षणमा प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा पुगेको हो ।

 

इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *