साउन १३, काठमाडौँ । बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् ।
नागरिक दैनिकमा छापिएको समाचार अनुसार कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतुंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्वय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।








