०२ बैशाख २०८३ , बुधबार

भिसामा लिने गरेको चर्को शुल्क नियन्त्रण गर्न मलेसिया सकारात्मक

साउन १३, काठमाडौँ । आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।

 

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

 

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार—सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *