०५ चैत २०८२ , बिहिबार

प्रधानन्यायाधीशको अनुमोदनमा अझै अन्यौलता, १६ गतेसम्मका लागि बैठक स्थगित

साउन १४, काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि संसदीय विशेष सुनुवाई समितिबाट अनुमोदन हुन सकेन ।

 

निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै संसदीय विशेष सुनुवाई समितको बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको छ । समितिका जेष्ठ सदस्य  लक्ष्मणलाल कर्णले  जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।

 

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी  विवादमा  तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *