साउन १५, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड नातिनीको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन जाने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि उनी सपरिवार बुधबार त्यसतर्फ जान लागेका हुन् ।
अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड यसअघि नै पुगिसकेकी छिन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड उनी पुगेकी नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस भने नेपालमै बस्ने भएका छन् ।








