०६ चैत २०८२ , शुक्रबार

ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता

साउन १५, काठमाडौँ । अवैध रूपमा टर्की हुँदै ग्रिस हिँडेका एक नेपाली घानाको जङ्गलबाट बेपत्ता भएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङका अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडेर ग्रिस पुगेको तर सँगै हिँडेको साथी बेपत्ता भएका हुन् ।

टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् ।

 

गुरुङका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *