२० जेठ २०८३ , बुधबार

सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

साउन १५, काठमाडौँ । सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै दक्षिण कोरियामा जस्तै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार पठाउने व्यवस्था गर्न सकारात्मक देखिएका हुन् ।

 

मलेसिया सरकारले हालै नेपाली कामदार पुनः मलेसिया ल्याउने विकल्प दुई सरकारबीचको संयन्त्र गभमेन्ट टू गभर्मेन्ट –जीटूजी नै भएको प्रतिक्रिया दिएको थियो ।

 

नेपाली कामदारमाथि मलेसिया जानुअघि नै ठगी भएको पाइएपछि नेपाल सरकारले अहिले मलेसिया श्रमिक पठाउन बन्द गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *