साउन १५, काठमाडौँ । नेपाल समाचारपत्र दैनिकले छापेको समाचारमा भदौ १ गतेबाट सडक अबरुद्ध गर्ने तथा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुने भएको उल्लेख छ ।
भदौबाट लागू हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । समाचारमा भनिएको छ— सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने एवम् कसैले सार्वजनिक सडक, बाटोघाटो, रञ्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न निषेध गरिएको छ ।








