०३ बैशाख २०८३ , बिहिबार

रेडियो नेपालसँग सञ्चार मन्त्रालयले माग्यो स्पष्टीकरण

साउन १७, काठमाडौँ । नागरिक दैनिकले आफ्नो स्वामित्वमा रहेको जग्गा भाडामा दिएर दुरुपयोग गरेको सम्बन्धमा सञ्चार मन्त्रालयले रेडियो नेपालसँग स्पष्टिकरण मागेको खबर छापेको छ ।

 

ललितपुरको खुमलटारस्थित रेडियो नेपालको स्वामित्वमा रहेको १ सय ६० रोपनी जग्गा निजी कम्पनीलाई भाडामा दिएको र सो जग्गामा अवैध संरचना निर्माण हुन थालेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि बुधबार स्पष्टिकरण मागेको हो ।

 

मन्त्रालयका उपसचिव राजन पौडेलले दुई दिनभित्र जवाफ आउने गरी रेडियो नेपालसँग स्पष्टीकरण मागेको बताए । ‘सरकारी जग्गा दुरुपयोग गरी निर्णयविपरीत काम भयो भन्ने खबर बाहिर आएपछि मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘रेडियो नेपालको आधिकारिक धारणा आएपछि यसबारे के गर्ने भन्ने टुंगो लाग्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *