०३ बैशाख २०८३ , बिहिबार

कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रलाई

साउन २०, काठमाडौँ । आईतबारबाट कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी विदामा बसेपछि सर्वोच्च अदालतको उक्त जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन् ।

 

दिपकराज जोशीपछि दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधीश मिश्रले कायममुकायमको जिम्मेवारी सम्हालेका हुन् ।

 

प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेपछि आईतबारबाट विदामा बसेका थिए । जोशीको सोही जिम्मेवारी वरिष्ठ न्यायाधीश मिश्रले आईतबारबाट सम्हालेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोख्रेलले जानकारी दिए ।

 

सर्वोच्च अदालतमा आईतबार ५७ थान मुद्दा पेसीमा चढेको थियो । त्यसमध्ये ४ वटा मुद्दा फैसला गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *