०२ बैशाख २०८३ , बुधबार

पशुपतिको क्षेत्रको जग्गा नापिदै

साउन २१, काठमाडौँ । पशुपति क्षेत्रले ओगटेको समस्त जग्गालाई नापी विभागले सिमाङ्कन तथा रेखाङ्कन गर्न थालेको आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ ।

पशुपति विकास कोषले भूउपयोग सहितको गुरुयोजना तयार गर्ने सिलसिलामा यो कार्य थालिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए ।

 

गुरुयोजनाका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरातत्वविद, वास्तुविद् संस्कृतिविद्सँग कोषले लिखित परामर्श लिइसकेको छ । अबको गुरुयोजनामा धर्मशाला, चिकित्सालय, योग आश्रम तथा ध्यान केन्द्र, वृद्धाश्रम के कसरी कहाँ निर्माण गर्ने भन्ने विषयलाई प्राथमिकतामा पारिएको जनाइएको छ ।

 

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा हिन्दुको गन्तव्य स्थल बनाउन कोषले यो कदम चालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *