०१ मङि्सर २०८२ , आइतबार

क्यारेबियन लिगको डेब्यु खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

साउन २५, काठमाडौँ । क्यारेबियन प्रिमियर लिगको डेब्यु खेलमा नेपालीका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदेर्शन गरेका छन् । लिगको दोस्रो खेलमा सन्दीपले एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिए ।

व्यक्तिगत रुपमा सन्दीपले राम्रो प्रदर्शन गरे पनि टिमले भने गुयना एमाजोन वारियर्सलाई ६ विकेटले खेल सुम्प्यो । त्यस्तै कप्तान क्रिस गेलले ८६ रनको शानदार पारी खेले पनि त्यसले हार टार्न सकेन ।

 

दोस्रो ओभरमा बलिङमा उत्रेका सन्दीपले आफ्नो पहिलो बलमै गुयना अमाजोन वारियर्सका चाडविक वाल्टनलाई ५ बलमा ९ रन बनाएको अवस्थामा आउट गरेका थिए । त्यस्तै खेलको १० औँभरको दोस्रो बलमा वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *