०६ बैशाख २०८३ , आइतबार

शरद भेषावकरले एसिया कप छनोट खेल गुमाउने

साउन २५, काठमाडौँ । नेपाली ब्याट्स्म्यान शरद भेषावकरले मलेसियामा यसै महिना हुने एसियाकप छनोट खेल चोटका कारण खेल्न नसक्ने भएका छन् । नेपाल र नेदरल्यान्डबीच को एकदिवसीय क्रममा उनी चोटग्रस्त बनेका थिए ।

चोटबाट मुक्त हुन अझै चार साता आराम गर्नुपर्ने भएकाले शरद एसिया कप छनोटमा सहभागी नहुने भएका राष्ट्रिय टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले विज्ञप्तीमा भनेका छन् ।

 

चोटकै कारण उनलाई बन्द प्रशिक्षणका लागि बोलाइएको १९ खेलाडीको सूचीमा समेत नसमेटिएको विज्ञप्तीमा उल्लेख छ ।

 

मलेसियामा यही अगस्ट २९ देखि सेप्टर ६ सम्म हुने उक्त छनोट खेलमा नेपालसहित युएइ, हङकङ, सिङगापुर, मलेसिया र ओमान छन् । राउन्ड रोविनका आधारमा खेलाइने खेलको विजेता आगामी सेप्टेम्बर १५ देखि हुने एसिया कपमा छनोट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *