०२ बैशाख २०८३ , बुधबार

नेपाल–भारतका ५ सय सीमास्तम्भ गायब

साउन २५, काठमाडौँ । नापाी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएको पाइएको छ ।

नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ । अद्यावधिक हुन भने बाँकी छ । ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन् । बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ ।’

 

उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ । कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *