०३ बैशाख २०८३ , बिहिबार

महिनाभरिको हाजिर एकै दिन गरेर डा. राई जिल्ला बाहिर

साउन २५, जाजरकोट । जाजरकोट अस्पतालमा काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले एकैदिन महिनादिनको हाजिर गरेर जिल्ला बाहिर गएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

समाचारमा सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन्, अन्यथा बिदा वा काज बस्नुपर्छ भनिएको छ ।

 

डा. राईले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *