साउन २६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत र चीन भ्रमणमा जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड आगामी भदौ २२ देखि २७ गतेसम्म भारत र असोज १ गतेबाट साताव्यापी चीन भ्रमणमा जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
अध्यक्षको भ्रमण उच्चस्तरीय हुने र भ्रमणमा शीर्ष नेतृत्वसँग भेटवार्ता हुने प्रेस संयोजक सापकोटाले बताए ।








