साउन २७, काठमाडौँ । युरोपको विभिन्न देश तथा सहरमा आयोजना भइरहेको ‘४६ औंँ अन्तर्राष्ट्रिय सांस्कृतिक मेला २०१८’ मा सहभागिता जनाउन नेपालबाट २० जनाको कलाकार टोली फ्रान्समा पुगेको छ ।
लोप हुन लागेका नेपाली कला, संस्कृति, भेषभूषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम लिएर कलाकार सहित टोली युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा साँस्कृतिक प्रतिष्ठान’ का अध्यक्ष जोगेन्द्र केसीले बताए ।
फ्रान्स, बेल्जियम, तथा टर्कीका विभिन्न सहरमा असार २९ देखि सुरु भएको मेलामा विश्वका २२ देशका कलाकार सहभागी हुने जनाइएको छ । मेला भदौ ११ गतेसम्म चल्ने बताइएको छ ।








