साउन २७, काठमाडौँ । सन २००१ मो साहित्यको नोबेल पुरस्कार विजेता वी. एस. नायपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको लण्डनस्थित आफ्नै घरमा निधन अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

सन् १९३२ मा जन्मिएका भारतीय मूलका नायपालले नोबेल पुरस्कार ग्रहणपछि सम्बोधनका क्रममा आफ्ना पूर्खा नेपालबाट आएको हुनसक्ने बताएका थिए । ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

तीस भन्दा बढी कृतिका लेखक नायपालका ‘द बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ चर्चित कृति हुन् ।







