०६ बैशाख २०८३ , आइतबार

ओली नेतृत्व सरकारका पाँच महिने उपलब्धि, सिन्डिकेट अन्त्यदेखि पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणालीसम्म

साउन २८, काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा प्राप्त उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेको छ । 

देखिने गरी सुधार गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला सरकारले सिन्डिकेटको खारेजी, सुन तस्करविरुद्ध प्रभाकारी नियन्त्रण, पेट्रोलियम चुहाट रोक्न लकिङ प्रणाली लागू गरेको लगायत उपलब्धि समेटिएको सरकारले ७८ पृष्ठ लामो पुस्तिकामा सोमबार सार्वजनिक गरेको हो ।

सरकारले असारसम्ममा गरेको कार्यप्रगतिको पहिलो बुँदामा यातायातको सिण्डिकेट अन्त्य, सुन तस्कारीमाथिको अनुसन्धान र कारबाही र विकास निर्माणको ढिलासुस्ती हटाउने कदम उल्लेख गरेका छन् ।

 

 

त्यसैगरी अौचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, पेट्रोलियम चुहावट रोक्नका लागि लकिङ प्रणालीको सुरुवात, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणालीको थालनीलाई सरकारले उपलब्धिमा जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *