०२ मङि्सर २०८२ , सोमबार

४८ घन्टाभित्र प्रकाण्डलाई समात्नुको कारणसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश

साउन २८, काठमाडौँ । चन्दा उठाएको आरोपमा प्रहरीको थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा प्रकाण्डलाई रिहाइको माग गर्दै निवेदन दिएको उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको हो, बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो ।

 

बुधबार प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई काठमाडौँको टौदहबाट पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *