साउन २९, काठमाडौँ । इन्डोनेसियामा जारी एसियन गेम २०१८ को समूह चरणको पहिलो खेलमा नेपाली यु–२३ जापानको यु–२१ सँग १–० गोलले पराजित भएको छ ।

खेलको सातौँ मिनेटमा जापानका मितोमा काओरुले नेपालका विरुद्ध गोल गरेका थिए ।
डिफेन्सिप खेलेको नेपाललाई जापानले खेल अवधिभर दबाबमा राखेको थियो । नेपालले अब भियतनामसँग बिहीबार भियतनामसँग खेल्नेछ ।








