०२ मङि्सर २०८२ , सोमबार

चाणक्य नीतिअनुसार यी हुन् मानिसले गोप्य राख्नुपर्ने ४ कुरा

साउन ३०, काठमाडौँ । आचार्य चाणक्य राजनीतिसँगै जीवन दर्शनका पनि ज्ञाता थिए । जीवनका विभिन्न क्षेत्रमा उनका आदर्श र सिद्धान्त आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् ।

उनका अनुसार यी हुन् गोप्य राख्नुपर्ने ४ कुरा–

१. धनको क्षति भए त्यसको बारेमा कसैलाई पनि भन्नु हुँदैन । यसको कारण मानिसको प्रतिष्ठा नष्ट हुन्छ र मानिसहरु उसको सम्मान गर्न छाड्छन् । मानिसहरु उसलाई मद्धत गर्नुको साटो उसको अवस्थालाई हाँसोको विषय बनाउन थाल्छन् ।

 

२. मनमा केही दुःख छ भने त्यो पनि कसैसँग अभिव्यक्त गर्नु हुँदैन । किनभने संसारमा सच्चा हितैषी एकदमैं कम हुन्छन् । तपाईँ जोसँग दुःख अभिव्यक्त गर्नुहुन्छ उसैले पिठ्युपछि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

 

३. पुरुषले आफ्नो घरको भित्री कुरा कसैलाई पनि बताउनु हुन्न । विशेष गरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैंन । यसो गर्नाले प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

 

४. जीवनमा पाएको अपमानलाई कहिल्यै पनि अरुको सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ तपाई अरुलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ परन्तु सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन वृद्धि हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *